news
6:39 AMप्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरणमा प्रधानमन्त्री प्रचण्डले तीन तोला सुन र एक कट्ठा जग्गा मात्र भएको सार्वजनिक गरेपछि युवा संघले संकेतिक विरोध स्वरुप अभियान चलाएको हो । ‘प्रधानमन्त्रीको सम्पत्ति तीन तोला सुन र एक कट्ठा जग्गा त्यो पनि श्रीमती सीता दाहालको नाममा हुँनै सक्दैन्’, युवा संघ क्षेत्र नम्बर १ का अध्यक्ष अजयजंग शाही भने, ‘त्यसैले प्रधानमन्त्रीका लागि सांकेतिक विरोध स्वरुप एक रुपैयाँ चन्दा संकलन अभियान चलाएका हौँ ।’
युवा संघले प्रधानमन्त्रीले आफ्नो सम्पत्ति लुकाएर झुटो विवरण सार्वजनिक गरेको आरोप समेत लगाएको छ । संघले शुक्रबारबाट सुरु भएको अभियानका क्रममा उठेको रकम केही दिनमै प्रधानमन्त्री प्रचण्डलाई बुझाउने बताएको अन्नपुर्ण पोस्ट मा समाचार छ ।
युवा संघले यसरी संकलन भएको रकम साँझ सार्वजनिक गर्ने भएको छ । संघले प्रधानमन्त्रीले अकुत सम्पत्ति कमाएको तर सबै लुकाएर जनताका आँखामा छारो हाल्ने गरी सम्पत्ति विवरण सार्वजनिक गरेको आरोप लगाएको छ । उसले प्रधानमन्त्रीको सम्पत्ति छानबिन हनुपर्ने माग समेत अघि सारेको छ ।
0 comments