डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो, चालक पक्राउ

6:38 PM

सिमालुङ्गाउन, इन्डोनेसिया, ७ असार (रासस÷एएफपी) / इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको ।

गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जिवीतै उद्वार गरिएको थियो । उनीहरुको खोजी कार्य जारी नै रहेको सुरक्षाकर्मीहरुको भनाई छ ।

खोजी र अनुसन्धानको क्रममा चालक दलका अध्यक्ष पक्राउ परेका छन् । सो कुराको जानकारी इन्डोनेसियाको प्रहरीले बिहीबार दिएको छ । डुङ्गा पनि तिनै व्यक्तिको रहेको अनुमान गरिएको छ । तर प्रहरीले अनुसन्धान भर्खरै सुरु गरेको जनाएको छ ।

प्रहरीले यस दुर्घटनामा परी हालसम्म चार व्यक्तिको मृत्यु भएको पुष्टि भएको र बिहीबार जानकारी दिइएको छ । अरु दर्जनौँ व्यक्ति अझै बेपत्ता रहेका छन् ।

दुर्घटनमा परेको सो डुङ्गबाट कम्तीमा १९३ व्यक्ति वेपत्ता रहेका सरकारी अधिकारीहरुको अनुमान रहेको बिहीबार जनाइएको छ ।

खोजीकार्य जारी रहेको र हाल सम्म १८ व्यक्तिलाई उद्धार गरिएको उनीहरुले बताएका छन् । तर अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने बारेमा भने यकिन सङ्ख्या भने प्राप्त भएको छैन ।

इन्डोनेसियाको सुमात्रा द्वीपको प्रख्यात पर्यटकीय स्थल तोबा तालमा गत सोमबार अपराह्न सो डुङ्गा दुर्घटनामा परेको थियो ।

डुबेका वा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्वारमा मङ्गलबारदेखि सयौँको सङ्ख्यामा रहेका उद्धारकर्मी खटिएका छन् ।

तर अब ती हराएका यात्रु जिवीतै उद्वार गर्न सकिने सम्भावना भने निकै नै कम रहेको बताइन्छ । उक्त डुङ्गामा विना टिकट नै यात्रा गरेको प्रहरीले जनाएको छ ।

You Might Also Like

0 comments