छोरीलाई स्तन प्रत्यारोपण गर्न दबाब दिन्थे डोनल्ड ट्रम्पः एक किताबमा खुलासा....

6:28 PM

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभांकामाथि स्तन प्रत्यारोपणका लागि दबाब दिने गरेको खुलासा भएको छ । हालै प्रकाशित एक किताब ‘ Born Trump: Inside America's First Family’ मा यसबारे खुलासा भएको हो ।

किताबकी लेखिका एमिली जेन फक्स इभांकालाई किशोरावस्थादेखि नै मोडल बन्ने इच्छा भएको बताउँछिन् । यसका लागि उनले हरेक वर्ष ४४ हजार डलर फोटोसूटमा खर्च गर्ने गरेको फक्सले बताएकी छिन् । उक्त किताबमा डोनल्ड र उनको परिवारबारे विभिन्न जानकारी दिइएका छन् ।

किताबमा लेखिए अनुसार छोरीको मोडलिङको प्यासनलाई ट्रम्पले प्रोत्साहित गर्दथे । ट्रम्पलाई मोडलिङमा सहयोग होस् भन्नका लागि उनी सधैं इभांकालाई स्तन प्रत्यारोपणका लागि दबाब दिने गर्दथे । डोनल्डको लगातारको दबाब पछि उनकी बहिनी मेरियानले उनलाई फोन गरेर स्तन प्रत्यारोपाणले छोरीलाई बर्बाद बनाउने भन्दै यसो नगर्न सल्लाह दिएकी थिइन् ।

कक्षा छोडेर चुरोट खान्थिन्ः

फक्सले आफ्नो किताबमा लेखेको जानकारी अनुसार जब इभांका वार्टन कलेजमा थिइन् तब बिहान ९ बजे स्टेटिस्टिक क्लासबाट लुकेर बाहिर जान्थिन् र चुरोट खाने गर्थिन् ।

जब ड्रग्स टेस्टमा पक्राउ परिन् इभांकाः

इभांकाको किशोरावस्थाको एउटा किस्सा अमेरिकामा निकै चर्चित छ । जब इभांका कोएट स्कूलमा पढ्थिन् तब एक पार्टीको आयोजना गरिएको थियो । उक्त पार्टीमा ड्रग्स लिएका कारण केही दिनका लागि उनलाई स्कूलमा प्रतिबन्ध लगाइएको थियो जबकी अन्य विद्यार्थीलाई भने सस्पेन्ड गरिएको थियो । त्यतिबेला मानिसहरुले इभांकालाई ट्रम्पकी छोरी भएकाले विद्यालयबाट ननिकालिएको भन्दै आलोचना गरेका थिए ।

‘स्कूलमा हेलिप्याड बनाउ’

फक्सले आफ्नो किताबमा लेखेकी छिन् – जब इभांका कोएट स्कूलमा पढ्थिन् तब डोनल्ड ट्रम्पले स्कूलमा हेलिप्याड बनाउन आदेश दिएका थिए । इभांकालाई विकेन्डमा न्यूयोर्क लैजानका लागि ट्रम्पले स्कूललाई यस्तो आदेश दिएका थिए

You Might Also Like

1 comments

  1. Betway Casino Hotel Reviews - Mapyro
    Betway 화성 출장마사지 Casino 광명 출장마사지 Hotel has been in operation 포천 출장마사지 since 경산 출장안마 2000 and has been available for customers for over 40 동두천 출장샵 years. This operator is based in Malta,

    ReplyDelete