news
6:09 AM![]()
![]() |
१५ जेठ, भैरहवा । नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्या आरोपमा पक्राउ परेका आशिष चौधरीले प्रहरीलाई दिएको वयान अनलाइनखबरले फेला पारेको छ ।
शुक्रबार बिहान नवलपरासीस्थित आफ्नै घरमा मनिषा मृत अवस्थामा भेटिएकी थिइन् । घटनापछि पक्राउ परेका मनिषाका प्रेमी आशिष चौधरी अहिले प्रहरीको नियन्त्रणमा छन् । उनले मनिषालाई थप्पड हानेको तर नमारेको प्रहरीसमक्ष वयान दिएका छन् । साथै उनले भुण्डिएकी मनिषाको घाँटीको डोरी आफूले खुस्काइदिएको प्रहरीलाई बताएका छन् ।
चौधरीले प्रहरीलाई दिएको वयानको सार यस्तो छः
मैले सबैभन्दा बढी माया गर्ने मनिषालाई नै हो । मैले मनिषाको हत्या गरेको होइन । हो, म बिहीबार राति मनिषाको घर गएको थिएँ । मलाई मनिषाले बोलाएकी थिई । मलाई मेरो मोटरसाइकलमा साथी निर्मल रायमाझीले उसको घरनजिकै छोडिदिएको थियो ।
म उसको घर जाँदा रक्सी खाएर गएको थिएँ । मनिषाले रक्सी खाएको थाहा पाएपछि सधै रक्सी खान्छौँ, किन रक्सी खाएर आएको भनेर प्रश्न गरी ।
बिहीवार बिहान मनिषा साथीसँग घुम्न गएका बेला मैले फोन गरेर कहाँ घुम्न गएकी, कसलाई भेट्न गएकी चाँडै घर फर्की भनेको थिएँ । त्यही विषयमा हाम्रो झगडा सुरु भयो ।
आशिष चौधरी
मनिषाले मलाई आफ्नो अन्डरमा किन राख्न खोजेको भनी । मैले मेरो सिमकार्ड र गिफ्टहरु फिर्ता देउ, म पनि तिम्रा गिफ्टहरु दिन्छु भनें । झगडा हुदाँहुदै मनिषाले मलाई एक थप्पड हानी । र, मैले पनि उसलाई थप्पड हानें । अनि मैले कोठामा राखिएको सोकेसमा हातले हानें । सिसाले मेरो हात काट्यो र हातबाट रगत चुहिन थाल्यो ।
त्यसको केहीबेरपछि मनिषाले मोवाइलमा फेसबुक चलाउन थाली । म घर जान्छु भनेर घरबाट निस्कें । तर, म गइँन र घर बाहिरको बरन्डामा बसें । र, त्यहीँ निदाएँ ।
राति म ब्युँझिएर फेरि घरभित्र जाँदा मनिषाको शरीर झुण्डिएको अवस्थामा देखेेपछि मैले उसको शरीरलाई तल झारेर राखें ।
मनिषा मरी भनेर म निकै डराइसकेको थिएँ । त्यसपछि हतार-हतार आफ्नो घरतिर गएँ ।
बिहानको समयमा तपाईहरु (प्रहरी) ले पक्राउ गरेर मलाई यहाँ ल्याउनुभयो । मनिषाको मृत्यु कसरी भयो, मलाई थाहा छैन । यदि मैले मनिषाको हत्या गरेको भए म घरमा बस्ने थिइँन, घरबाट भाग्ने थिएँ होला । मैले मनिषाको हत्या नगरेका कारण म घरमै बसें । मैले हत्या गरेकै होइन । कसरी मृत्यु भयो, मलाई थाहा छैन ।
(प्रहरीले दिएको जानकारीका आधारमा)
‘मरिदिने’ म्यासेज
मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरबाट आशिषको मोबाइलमा ‘मलाई तपाईले सधैं टर्चर गर्नुहुन्छ, म मरिदिन्छु’ भन्ने म्यासेज गएको प्रहरी अनुसन्धानमा पाइएको छ । मोबाइल म्यासेज मार्फत मनिषा र आशिषवीच धेरै कुरा भएको देखिएको छ । तर, त्यही मोबाइल नम्बरबाट उनीहरुवीच नै म्यासेज मार्फत कुरा भएको हो वा होइन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । प्रहरीले उनीहरुले प्रयोग गर्ने नम्बरको कल डिटेल निकालेर अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।
फेसबुक स्टाटस
मनिषाले केही महिनाअघि आफ्नो फेसबुकमा ‘आइ वान्ना स्लिप फरऐभर'(म सधैंका लागि निदाउन चाहन्छु) लेखेकी थिइन् । यसले मनिषा केही महिनायतादेखि तनावमा रहेको प्रहरीले अनुमान गरेको छ ।
तर, प्रहरीको दाबी अनुसार मनिषाको फेसबुक आशिषले पनि चलाउँथे । मनिषाको फेसबुक आइडी खोलेर त्यसमा रहेका केटा साथीहरुलाई ब्लक गरिदिने, गाली गर्ने जस्ता कामहरु उनले गर्थे । जसका कारणले पनि मनिषा तनावमा रहेकी थिइन् ।
प्रहरीले घटनाबारे राति मनिषाको घर नजिकसम्म छाड्ने जाने आशिषका साथी निर्मल रायमाझीसँग पनि सोधपुछ गरेको छ । रायमाझीले आफूले आशिषलाई मनिषाको घर नजिकै आशिषकै मोटरसाइकलमा छाडेको र आशिषको मोटरसाइकल उसको घरमा पुर्याएर आफु आफ्नो घरमा गएको प्रहरीलाई बताएका छन् ।अनलाईन खबर बाट !KATHMANDU: Autopsy of Manisha Gharti Magar, the teenage sister of Nepal football team striker Bimal Gharti Magar, has been carried out at the Tribhuvan University Teaching Hospital in Kathmandu on Friday.The 17-year-old girl was found dead in a suspicious condition in her house in Bardaghat of Nawalparasi yesterday. Police suspected that she was murdered.Her body was brought to Kathmandu from Nawalparasi for autopsy.A team from the National Human Rights Commission visited TUTH this afternoon to inquire about the death.Bimal returned from Belgium, where he was undergoing treatment after knee injury, after receiving the information about the tragedy. - See more at: KATHMANDU: Autopsy of Manisha Gharti Magar, the teenage sister of Nepal football team striker Bimal Gharti Magar, has been carried out at the Tribhuvan University Teaching Hospital in Kathmandu on Friday.The 17-year-old girl was found dead in a suspicious condition in her house in Bardaghat of Nawalparasi yesterday. Police suspected that she was murdered.Her body was brought to Kathmandu from Nawalparasi for autopsy.A team from the National Human Rights Commission visited TUTH this afternoon to inquire about the death.Bimal returned from Belgium, where he was undergoing treatment after knee injury, after receiving the information about the tragedy.
![]() |

0 comments