news

12:47 AM







भर्खर कक्षा ११ को परिक्षा सकियो । अहिले फुर्सदमा छु ।




परिक्षा कस्तो भयो ?




ठीकै भयो । परीक्षाको तयारी गर्नुपर्ने बेलामा प्रहरी हिरासतमा थिएँ । पढ्न कुनै रोकावट नभएपनि दिमाग पढाइमा थिएन । पहिलो पटक प्रहरी हिरासतमा बसेको त्यहाँको वातावरण पढ्न सकिने खालको थिएन । कक्षा ११ को कम्प्युटर बिषयको प्राक्टिकल परिक्षा भने छुटेको छ । उक्त परिक्षाको दिन म प्रहरी चौकीमा थिएँ ।




तपाईंलाई प्रहरीले किन समातेको भन्ने थाहा छ ?




ठ्याक्कै के अभियोग भन्ने त थाहा छैन । तर वेवसाइटहरु ह्याक गरेको भनेर प्रहरीले समातेको भन्ने कुराचाहीं थाहा छ । नेपाल टेलिकमले गरेको उजुरीको आधारमा मलाई प्रहरीले समातेको भन्ने थाहा छ ।




प्रहरीले पक्रदा कहाँ हुनुहुन्थ्यो ?




बाबासँग किनमेलको लागि सुन्धारा गएको थिएँ । घर फर्किंदा पक्राउ परें ।




सुरुमा प्रहरीले के सोध्यो ?




मैले मेरो फेसबुक ग्रुपमा राखेको नेपाल टेलिकमको ह्याक भएका केहि फोन नम्बरहरुको सुची राखेको थिएँ । प्रहरी अंकलले ‘यो तिमीले गरेको हो ?’ भनेर सोध्नुभयो । मैले हो भनेर स्वीकारें । त्यसपछी मलाई त्यहाँबाट लगियो ।




विभिन्न वेवसाइटको ‘सेक्युरिटी’ निकै कमजोर छ भन्ने पत्ता लागेपछि मैले वेवसाइटको सेक्युरिटीबारे सम्बन्धित ठाउँमा रिपोर्ट पनि गरें । तर त्यसको जवाफ नआएपछि उनीहरुलाई त्यसको जानकारी दिन ह्याक गरेको हुँ ।




यसरी वेवसाइट ह्याक गर्नु अपराध हो भन्ने थाहा थिएन ?




अपराध नै हो वा प्रहरीले पक्रन्छ भन्ने थाहा थिएन ।




वेवसाइट ह्याक गर्ने सोच कहाँबाट आयो ?




मलाई मेरो देशको एकदम माया लाग्छ । सुरुमा मैले इन्टरनेटमा बिदेशीहरुले नेपालको ‘साइबर सेक्युरिटी’ निकै कमजोर छ भनेको सुनें । विदेशीले त्यस्तो भन्दा निकै दुःख लाग्थ्यो । मलाई पहिला वेवसाइट ह्याक गर्नुपर्छ भन्ने लागेको थिएन । विभिन्न वेवसाइटको ‘सेक्युरिटी’ निकै कमजोर छ भन्ने पत्ता लागेपछि मैले वेवसाइटको सेक्युरिटीबारे सम्बन्धित ठाउँमा रिपोर्ट पनि गरें । तर त्यसको जवाफ नआएपछि उनीहरुलाई त्यसको जानकारी दिन ह्याक गरेको हुँ ।




प्रहरीले पक्राउ गरेपछि ‘बेकार यस्तो गरेछु’ जस्तो लागेन ?




कहिलेकाहीं लाग्थ्यो । तर मैले वेवसाइट ह्याक गरेको आफ्नै देशका वेवसाइटहरु सुरक्षित हुन् भनेर हो । मैले कुनै पनि डाटालाई दुरुपयोग गरेको छैन । विदेशमा वेवसाइटमा भएका यस्ता समस्याहरुबारे रिपोर्ट गर्नेलाई पुरस्कृत गर्ने चलन छ । नेपालमा त त्यो अपराध हुँदोरहेछ ।




तपाईंसम्म प्रहरी कसरी आइपुग्यो भन्ने थाहा छ ?




थाहा छ । मैले नेपाल टेलिकमको साइट ह्याक गर्दा मोबाइल प्रयोग गरेको थिएँ । त्यहिबाट मेरो जानकारी प्रहरीले ‘ट्रेस’ गर्यो ।




म पक्राउ परेपछि नेपाल टेलिकमका केही सरहरु मलाई भेट्न आउनुभएको थियो । मैले कसरी साइट ह्याक गरें भन्नेबारे पनि सोध्नुभयो । आज पनि म दावाका साथ भन्न सक्छु, नेपाल टेलिकमको ‘सेक्युरिटी’ निकै कमजोर छ । मलाई पो प्रहरीले पक्राउ गर्यो त । कुनै पनि बेला विदेशीले नेपाल टेलिकमका डाटाहरु दुरुपयोग गर्न सक्छ ।






नेपाल टेलिकमको वेवसाइट कमजोर नै हो त ?




हो । निकै कमजोर छ नेपाल टेलिकमको सेक्युरिटी । यसमा अझैपनि कुनै सुधार आएको छैन । मैले त नेपाल टेलिकमले आफ्नो सेक्युरिटी बलियो बनाओस् भनेर केही डाटाहरु ह्याक गरी त्यसलाई फेसबुकमा हालेको थिएँ । तर त्यसैलाई आधार बनाएर मलाई पक्राउ गरियो । म पक्राउ परेपछि नेपाल टेलिकमका केही सरहरु मलाई भेट्न आउनुभएको थियो । मैले कसरी साइट ह्याक गरें भन्नेबारे पनि सोध्नुभयो । आज पनि म दावाका साथ भन्न सक्छु, नेपाल टेलिकमको ‘सेक्युरिटी’ निकै कमजोर छ । मलाई पो प्रहरीले पक्राउ गर्यो त । कुनै पनि बेला विदेशीले नेपाल टेलिकमका डाटाहरु दुरुपयोग गर्न सक्छ ।




नेपाल सरकारका ९० प्रतिशत वेव साइटहरु असुरक्षित छन् । मलाई पक्राउ गरिनु अघि, मेरो अन्तराष्ट्रिय ह्याकरसँग पनि कुराकानी हुन्थ्यो । उनीहरु गुगल डट कम डट एनपी समेत ह्याक हुने अन्तिम चरणमा पुगेको र उक्त वेव साइटको सर्भरमा आफ्नो पहुँच पुगीसकेको बताउँथे ।




नेपाल सरकारका अन्य कुन कुन साइटमा समस्या छ ?




नेपाल सरकारका ९० प्रतिशत वेव साइटहरु असुरक्षित छन् । मलाई पक्राउ गरिनु अघि, मेरो अन्तराष्ट्रिय ह्याकरसँग पनि कुराकानी हुन्थ्यो । उनीहरु गुगल डट कम डट एनपी समेत ह्याक हुने अन्तिम चरणमा पुगेको र उक्त वेव साइटमको सर्भरमा आफ्नो पहुँच पुगीसकेको बताउँथे । यो साइट छिट्टैनै ह्याक हुनसक्छ । अब गुगल डटकम डट एनपी नै ह्याक भयो भने हामी नेपालीहरुको के इज्जत रह्यो र अन्तराष्ट्रिय साइबर बजारमा ? हाम्रो देशमा त तिम्रो साइटमा समस्या छ भनेर सचेत गराउँदा अपराधि भइदो रहेछ । अन्य थुप्रै साइटहरुमा समस्या छन् । ५०० बढी सरकारी साइटहरु ह्याक भइसकेका छन् ।




अबचाहीं वेवसाइट ह्याक गर्नुहुन्छ कि हुन्न ?




ह्याकनै भनेर चाहिं गर्दिन होला । तर कुन साइटमा समस्या छ भनेर रिपोर्ट चाहिं गर्छु । मैले बिगतमा पनि त्यहीनै गर्थें । कुनै सरकारी साइटमा समस्या छ भने त्यहाँको इमेलमा रिपोर्ट गर्थ्यें तर कुनै पनि जानकारी आउंदैनथ्यो । विदेशमा रहेका साइटहरुबारे रिपोर्ट गर्यो भने केहि दिनमै प्रतिकृया आउँछ । मेरो उदेश्यनै ‘इथिकल ह्याकर’ बन्ने हो ।




हाम्रो देशको वेव साइट सुरक्षित राख्न पहल गर्नुहोस् । हाम्रो देशका डाटाहरु मजस्ताले ह्याक गर्दा पो दुरुपयोग भएन, विदेशीले ह्याक गर्यो भने देशलाई निकै घाटा हुन्छ । मिल्छ भने म प्रहरीकहाँ हुँदा छुटेको मेरो कक्षा ११ को कम्प्यूटर बिषयको प्राक्टिकल परीक्षा दिने वातावरण बनाईदिए हुन्थ्यो ।




प्रहरी हिरासतबाट छुटिसकेपछि कस्तो लागेको छ ?




करिव २५ दिनको हिरासतको बसाइ पछी घर फर्केको छु । ममाथि लागेका विभिन्न अभियोगबारे बुझ्न बाबा अदालत धाइनै रहनुभएको छ । ३० हजार ढलौटी तिरेर निस्किएँ । खोइ कस्तो लागेको छ भन्नु । तर मैले नगरेपनि हाम्रो देशका साइटहरु विदेशीले ह्याक गर्छन् । हामी आफैं कमजोर छौं के भन्ने ? मलाई त प्रहरीले पक्रियो, ती बिदेशीहरुले नेपालीहरुको डाटा दुरुपयोग गर्यो भयो को जिम्मेवारी हुन्छ ? सर्वोच्च अदालतको वेवसाइट थुप्रै पटक पाकिस्तानी ह्याकरबाट ह्याक भइसकेको छ । अदालत जस्तो संबेदनशील निकायको डाटाहरु बिदेशीको पक्कडमा हुँदा त्यसले देशलाई निकै घाटा हुन्छ । नेपाल टेलिकमको सेक्युरिटी कतिसम्म कमजोर छ भन्ने कुरा बयाननै गर्न सकिन्न । टेलिकममा भएका हाम्रा कुनै पनि डाटा सुरक्षित छैनन् । यी कुराहरु सम्झेर दुख लाग्छ ।




प्लस टु पछि के गर्ने सोच छ ?




आइटी पढ्छु । विदेश जान्छु होला । नेपालको खुब माया लाग्छ । तर यहाँ त कसैको समस्या औंल्याईदिंदा अपराधी बनिँदो रहेछ । विदेशमा त्यहि कुराले स्याबासी पाइन्छ, पुरस्कार पाइन्छ ।




अव तपाईंलाई के सजाय हुन्छ भन्ने थाहा छ ?




ठ्याक्कै चाहिं थाहा छैन । पत्र पत्रिकामा २ बर्ष जेल सजाय हुन्छ भन्ने सुनेको पढेको थिएँ । त्यो चाहिं गलत हो भन्ने सुनेको छु । यदाकदा १८ बर्ष नपुगेकोलाई कम सजाय हुन्छ भन्ने पनि सुनेको छु । मेरो उमेर १८ बर्ष पुगेको छैन । नागरिकता पनि बनाएको छैन । २०५६ साल असार ३१ गते जन्मेको हुँ । जन्मदर्तामा पनि त्यहि मिति छ । तर प्रहरीले १८ बर्ष पुगेको भनेर बाहिर पत्रिकामा दिनुभएको रहेछ । हेरौं के हुन्छ ? अव अदालतले टोकेको सजाय त हुन्छ नै !




सरकारलाई के भन्न चाहानुहुन्छ ?




हाम्रो देशको वेव साइट सुरक्षित राख्न पहल गर्नुहोस् । हाम्रो देशका डाटाहरु मजस्ताले ह्याक गर्दा पो दुरुपयोग भएन, विदेशीले ह्याक गर्यो भने देशलाई निकै घाटा हुन्छ । मिल्छ भने म प्रहरीकहाँ हुँदा छुटेको मेरो कक्षा ११ को कम्प्यूटर बिषयको प्राक्टिकल परीक्षा दिने वातावरण बनाईदिए हुन्थ्यो । रातोपाटीबाट साभार |




A performing arts historian whose congenial demeanour betrays none of the angst he feels at the way the dominant discourse takes us away from the reality of the performing arts. He questions the fault lines in the traditional arts in India, starting with music and then dance. He is troubled by the way some communities usurped the domain of dance and defined it with a superficiality that excludes the real roots of the essential aesthetics. “I believe there is a disconnect between the idealised aesthetic world, based on the ‘shastric’, and the real world. The world that musicians and dancers live in is insular, inward-looking, some kind of a bubble. A majority of even professional dancers are disconnected from the everyday realities that people live,” he says. Now, Associate Professor of South Asian Religions in the Faculty of Religious Studies, McGill University, Montreal, Canada, Dr Davesh Soneji started asking questions at an early age. Born into a middle-class Gujarat family in Canada, he was drawn early to Carnatic music and trained for 14 years when he started exploring dance. “Even as a child I had many questions about the invisibility of traditional female performers but I was told not to dare to ask such questions.” As an adolescent Soneji met Kittappa Pillai, the famous Nattuvar and the scion of the Tanjore Quarter and was invited to Tanjore. The visit was an eye-opener for him as it was the first time he was exposed to non-Brahmin dancers and gurus and other artiste, otherwise known as the Isai Velalar community. “That was when my interest in the subject grew. As I met women in that community and talked to them about their experiences, I realised that there was a lot more to Bharatanatyam than what was written in books.” And he slowly began to read what was not written in the history books and about people who do not make it to the dominant histories of these art forms. -

You Might Also Like

0 comments